Saturday, August 25, 2007

Problem of Nokia Battery - नोकियाको ब्याट्रिमा खराबी


गत साता मोबाइल सेट निमाता कम्पनी नोकियाको एकखाले ब्याट्रिमा खराबी भएको कुराले संसारभर तहल्का मच्चियो। नोकिया कम्पनीले नै आधिकारिक रुपमा उक्त जानकारी दिएर सचेत रहन आफ्ना ग्राहकलाई आग्रह गरेको थियो। जापानको मात्सुसिता ब्याट्रि इन्डस्ट्रियल कम्पनी लिमिटेडबाट उत्पादित नोकिया ब्रन्डका बी-अल्-५ सी नामक ब्याट्रिमा यस प्रकारको खराबी देखिएको छ। सन २००५ डिसेम्बरदेखि २००६ नोभेम्बरसम्म उत्पादित उक्त ब्रन्डका ब्याट्रिमा प्रविधिक त्रुटि देखिएको कुरा पनि कम्पनीले जनायो। उक्त ब्रन्डका ब्याट्रि चार्ज गर्दा सर्किटहरु बढी तात्ने र त्यसले प्रत्यक्ष असर पुग्ने कुरा बताइयो। नोकियाले उक्त ब्रण्न्डका ३० करोड ब्याट्त्रि उत्पादन गरेको थियो। त्यसमध्ये मात्सुसिता कम्पनीले मात्र ४ करोड ६ लाख ब्याट्रि उत्पादन गरेको थियो। ग्रहकले उक्त अवधिमा उत्पादन भएका ब्याट्रि लाई नोकियाकै वेबसाइटमा जांच गर्न सक्ने व्यवस्था मिलाईको छ। नोकियाको आधिकारिक वेबसाइट www.nokia.com मा गएर ब्याट्रि रिप्लेस्मेन्टमा क्लिक गरी ब्याट्रिमा उल्लेखित २६ अंक टाइप गदा ब्याट्रि खराब हो वा होइन पत्त लगाउन सकिन्छ। खराब ब्याट्रिको सट्टा अर्का ब्याट्रि उपलब्ध गराउने व्यवस्था पनि नोकियाले गरेको छ। ब्याट्रिको कमजोरीका कारण् अहिलेसम्म संसारभर लगभग १ सय घटना घटेका छन्, तर यसबाट कुनै शारीरिक क्षेति भने भएको छैन। नेपालमा नोकियाको अाधिकारिक विक्रेता नियोट्रिक नेपालमार्फत ग्रहकले ब्याटत्रि साट्न सक्ने व्यवस्था मिलाइेको छ। बीएल-५ सीमा लिथियम ब्याट्रि राखिएको छ। लिथियम प्रयोग गरिएको ब्याट्रि विगत केही वर्शदेखि नै विवादमा परेको छ। सोनीले आफ्नो ल्यापटपमा लिथियम प्रयोग गरिएका करिब १ करोड ब्याट्रि बजारवाट फिर्ता लिएको थियो। तोसिवा, डेल तथा लेनोभाले पनि त्यस्तै कदम उठाउनुपरेको थियो। टोयोटा कम्पनीले आफ्नो हाइब्रिड कारको ब्याट्रिमा पनि यस्तै खराबीको सम्भावनाका कारण् यसको लन्चिङमा ढिलाइ गरिरहेको छ।

No comments: